राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै


कैलाली : कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति गर्न थालिएको छ ।

भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन’ को हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न प्रक्रिया शुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले जनाएको छ ।

सो राजमार्गका अधिकांश ठाउँमा ‘दुई लेन’ र शहरी क्षेत्रमा ‘चार लेन’को सडक बनाउन लागिएको कार्यालयका इञ्जिनीयर पदमबहादुर मडैले बताए । धनगढीदेखि सत्तीसम्मको राजमार्गलाई ‘दुई लेन’ बनाउन लागिएको धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने ३ किमी लामो सडक खण्डलाई ‘चार लेन’को बनाउन लागिएको छ ।

यस्तै लम्कीदेखि सत्ती (उत्तरदक्षिण) सम्मको हुलाकी राजमार्गको शहरी क्षेत्र लम्की र टीकापुरमा ‘चार लेन’ र ग्रामीण क्षेत्रमा ‘दुई लेन’ सडक बनाउन लागिएको छ । भारत सरकारको अनुदानमा कैलाली जिल्लामा हुलाकी राजमार्ग केही वर्षअघि नै निर्माण पूरा गरिएको थियो ।

“यो सडकको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ”-आयोजना कार्यालयका सूचना अधिकारीसमेत रहेका उनले भने,“अहिले मूल्याङ्कनको काम भइरहेकाले यही फागुनभित्र निर्माण कम्पनीसँग सम्झौता भइसक्ने सम्भावना छ ।” कैलाली र कञ्चनपुरमा नेपाल सरकारद्वारा निर्माण गर्न लागिएको हुलाकी राजमार्ग ‘दुई लेन’ को हुने इञ्जिनीयर मडैले बताए ।

धनगढीदेखि सत्तीसम्मको ६२ किमी लामो हुलाकी राजमार्गमध्ये जिल्लाको कान्द्रा नदीदेखि कटनी पुलसम्मको (पूर्व-पश्चिम) १६ किलोमिटर लामो भागमा यो राजमार्ग हाल निर्माणाधीन छ । यसै क्षेत्रको थप २ किमी लामो भाग (वसन्ता वन क्षेत्र)मा भने यो राजमार्ग निर्माणको काम शुरु हुन सकेको छैन ।

यस खण्डको राजमार्ग निर्माण गरिने क्षेत्रमा पर्ने रुख कटानीको अनुमति दिन भएको ढिलाइले निर्माण अघि बढ्न नसकेको हो । उपमहानगरपालिका क्षेत्रमा पर्ने ३ किमी लामो हुलाकी राजमार्गलाई चौडा बनाई स्तरोन्नति गरिने भएपछि सडक क्षेत्रमा पर्ने घर संरचनालाई सम्बन्धित व्यक्तिले आफैँ हटाएर सहयोग पुर्याउन थालेका छन् ।

सडक क्षेत्रमा बनाइएका घर संरचना सम्बन्धितले आफैँ हटाउन थालेपछि हुलाकी सडकको स्तरवृद्धि गर्ने काम सहज भएको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिका कार्यालयको पहलमा धनगढीको क्याम्पस चोकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको ३ किमी लामो भागको सडकलाई ‘चार लेन’को बनाउन लागिएको हो ।

स्थानीयवासी प्रमिला लम्सालले विकासको काममा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने महसुस गरी घर अगाडिको सडक चौडा बनाउने काममा सबैले सहयोग गरिरहेको बताए । “चौडा सडक बनाउने भनेपछि आफूहरुले स्वस्फूर्त रुपमा सडक क्षेत्रमा पर्ने घर संरचना भत्काउन थालेका हाँैं”, उनले भने ।

हुलाकी सडकको क्षेत्राधिकार ३० मिटर कायम गरिएको छ । कैलालीको धनगढीदेखि भजनी हँुदै सत्तीसम्मको (पूर्वपश्चिम) ६२ किमी लामो हुलाकी राजमार्ग मध्ये ४४ किमी लामो राजमार्ग र लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको (उत्तरदक्षिण) झण्डै २७ किमी सडकसमेत भारत सरकारकै सहयोगमा केही वर्षअघि निर्माण पूरा भएको थियो । बनेको केही वर्षभित्रै सो राजमार्गको कालोपत्रे ठाउँठाउँमा भत्किन थालेको थियो ।

कञ्चनपुरको डोके बजारदेखि बेलौरी र बेलडाँडी हुँदै दैजीसम्मको हुलाकी राजमार्गको निर्माण ३ प्याकेजमा निर्माणाधीन छ । बैसठ्ठी किमी लामो सो खण्डको अन्तिमविन्दु दैजी बजार हो ।
बेलौरी बजार नजीकको पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका व्यक्तिले राजमार्ग निर्माण गरिने ठाउँ भारतीय क्षेत्र भएको भन्दै विगतमा वाधा अवरोधसमेत पुर्याएका थिए । यी दुवै जिल्लामा गरी सो राजमार्ग सडकमा निर्माण हुने ९ पुलको ठेक्का लाग्न बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित