संसारकै धनि जेफ बेजोसले किने लस एन्जेल्सकै सबैभन्दा आलिशान घर


एजेन्सी : संसारकै सबैभन्दा धनि व्यक्ति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोसले लस एन्जल्समा सबैभन्दा महङ्गो घर किनेका छन् ।

उनले त्यो घर १६.५ मिलियन डलर मूल्य तिरेर खरिद गरेका हुन्। यो रकम भनेको १९०० करोड नेपाली रुपयाँको हाराहारीमा हो। यो लस एन्जलसको महँगो सम्पत्तीको एउटा नयाँ रेकर्ड हो ।

अमेरिकी मिडियाका अनुसार बेजोसले यो आरामदायी घर (वार्नर एस्टेट) मिडिया व्यवसायी डेभिड गेफेनबाट किनेका हुन्। सो मिडियाका अनुसार यो अहिलेसम्म लस एन्जलसको कुनै पनि आवासीय सम्पत्तिको सबभन्दा महँगो सौदा हो। यस अघि २०१९ मा, लशन मर्डोचले बेल–एयर एस्टेट किन्नको लागि लगभग १५ मिलियन डलर भुक्तान गरेका थिए ।

समाचारका अनुसार, वार्नर एस्टेट नामको यो बंगला बेभर्ली हिल्समा नौ एकडमा फैलिएको छ। यसमा गेस्ट हाउस, टेनिस कोर्ट र गल्फ कोर्स सहित अन्य धेरै चीजहरू छन्। यो घर १९३० मा वार्नर ब्रदर्सका पूर्व अध्यक्ष ज्याक वार्नरले निर्माण गरेका थिए। यो १९३० को दशकमा हलिउड फिल्म टाइटन ज्याक वार्नरको लागि डिजाइन गरिएको थियो।

ई–कमर्श कम्पनी अमेजनका प्रमुख जेफ बेजोसको सम्पत्ती १३१ अर्व डलर छ । उनी संसारको सबभन्दा धनी व्यक्ति मानिन्छन्। हालै जेफ बेजोसले ५.२५ मिलियन डलरको एक कलाकृति पनी खरीद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ

काठमाडौं : १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन