समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता


गोरखा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न २ ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा आज आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उनले भने, “अब समाजवादको आधार तयार पार्नुपर्ने बेला आएको छ ।” उनले पुँजीवादी विरुद्धको जनवादी क्रान्ति आधारभूत रुपमा सकेको उल्लेख गर्दै समाजवदले मात्र गरिब र सर्बहारा वर्गको मुक्ति गर्न सक्ने बताए ।

“सघर्ष पनि हामी कम्युनिष्टकै नेतृत्वमा गर्यौ, हाम्रै नेतृत्वमा प्राप्त उपलब्धिलाई संविधानमा लेख्यौँ”, उनले भने, “अब त्यसलाई संस्थागत गर्दै फेरि क्रान्तिको नयाँ दिशातर्फ अघि बढ्न कम्युनिष्टकै नेतृत्वमा राज्य र सत्ता जरुरी र आवश्यक भएकाले त्यसका लागि पार्टी एकता अनिवार्य थियो ।”

‘कम्युनिष्ट पार्टीका कार्यकर्ता साच्चै कम्युनिष्ट बन्ने हो भने आलोचनात्मक संघर्ष गर्न, ठिकलाई ठिक भन्न, गलतलाई गलत भन्न सक्नुपर्छ, उनले भने, “के ठिक होइन ? अब के ठिक हुन्छ ? भन्न तयार हुनुपर्छ नत्र पार्टी पार्टी बन्दैन ।” पार्टी भित्रका गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै नेता कार्यकर्ताले गुटबन्दी र वैचारिक संघर्षलाई बुझ्न सक्नुपर्ने बताए ।

“गुटबन्दी व्यक्तिगत स्वार्थका लागि हुन्छ, वैचारिक संघर्षले नेता कार्यकतालाई उर्जाशिल बनाउछ”, उनले भने,“वैचारिक संघर्षले पार्टीलाई वैचारिक संघर्षको रुपान्तरणमा काम गर्छ, गुटले झुण्डको स्वार्थ मात्र पूरा गर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ

काठमाडौं : १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन