लागुऔषध सहित एक युवक पक्राउ



जनकपुरधाम : धनुषामा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

धनुषाको ढल्केवरबाट मिथिला नगरपालिका ६ बस्ने मनिष कुमार महतोलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरिएको हो ।

एक्स्प्लोन नामक लागुऔषध ४३ बोतल र नाइट्रोभेट १० पता सहित महतोलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।

महतोलाई थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषाबाट म्याद थप गराईएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

धनुषामा लागुऔषधको कारोवारमा बृद्धि भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्