कोरोना भाइरसको हल्लामा वास्तविकता छैन : स्वास्थ्य मन्त्री


पाल्पा : आजदेखि पाल्पाको दमकडामा प्रथम पाल्पा महोत्सव शुरु भएको छ ।

समृद्धिको आधार, कृषि पर्यटन र व्यापार मूल नाराका साथ यही फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ ।

समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका छन् ।

त्यस्तै पाल्पाका कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु, राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्रीलाई पनि महोत्सव राखिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय उत्पादित वस्तु, पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार र बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा पाल्पाका विभिन्न जाजजाति, धर्म, संस्कृति अनुसारका झाँकी, घाटु नाच, लाखे नाच, चुट्का, रोइला, झ्याउरे, सोरठी कडुवा, ख्याली भजन लगायतका सांस्कृतिक प्रस्तुति देखाइने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिए ।

महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोडको कारोवार हुने अपेक्षा आयोजकको छ । महोत्सवको उदघाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबारे बढी हल्ला भइरहेको बताए ।

नेपालमा अहिलेसम्म पनि कसैमा कोरोना भाइरस नदेखिएको बताए । उनले गलत हल्लाको पछाडि लागेर आतङ्कित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता रहेकोले भने, “चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन, १८ नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सङ्क्रमित भेटिएनन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित