घुस लिएको आरोपमा पक्राउ



नवलपरासी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुस लिएको आरोपमा नियन्त्रणमा लिइएका छन् ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका-८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्