३१ करोड बढीको सेयर निष्कासन



काठमाडौं : बजारमा विभिन्न ६ कम्पनीले सेयर निष्कासन गरेका छन् । ती कम्पनीका ३१ करोड ७४ लाख २८ हजार ७१ दशमलव शून्य ७ कित्ता सेयर निष्कासन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार दोस्रो त्रैमाससम्म ती कम्पनीले आईपीओे, एफपीओ, बोनस तथा हकप्रद सेयर निष्कासन गरेका छन् ।

नेप्सेका अनुसार माथिल्लो तामाकोसीको १० करोड ५९ लाख कित्ता, पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको १ करोड १० लाख कित्ता, कालिका पावर कम्पनीको ६० लाख कित्ता, जोशी हाइड्रोपावर कम्पनीको ३७ लाख १४ हजार कित्ता, चौतारी लघुवित्तको १८ लाख ६० हजार कित्ता र नाडेप लघुवित्तको १६ लाख कित्ता गरी कुल १३ करोड ७४ लाख आईपीओ सेयर बजारमा थपिएका छन् । त्यसैगरी, ३ वटा कम्पनीको २ करोड ९५ लाख ६३ हजार ८४७ कित्ता एफपीओ सेयर बजारमा थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्