साफ यू–१८ महिला च्याम्पियनसिप: बंगलादेशसँग १–० ले पराजित, फाइनलमा चुक्यो



काठमाडौं:  साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिको जित्ने नेपालको लक्ष्य असफल भएको छ। भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार भएको उपाधि भिडन्तमा नेपाललाई बंगलादेशले १–० गोलले पराजित गरेको हो। 

 

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफको सुरुवातमै बंगालदेशले नेपालविरुद्ध गोल गर्दै अग्रता लिन सफल भयो। ४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा परविनले फ्रिकिक बलमा गोल गरेकी थिइन्। सिक्स यार्डमा रहेकी उनले नेपाल डिफेन्डरलाई छक्काउदै गोल गरेकी थिइन्। 

खेलमा पछि परेपछि नेपालले बंगलादेशमाथि दबाब बढाएको थियो। ५१ मिनेटमा नेपालको गोल गर्ने प्रयासमा क्रसबार बाधक बनेको थियो। त्यसपछि बंगलादेशले नेपालमाथि लगातार आक्रमण गरेको थियो। जसले गर्दा नेपाली खेलाडी दबाबमा आएका थिए।

यसअघि सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। बंगलादेशले भने आयोजक भुटानलाई हराउँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। 

 

त्यसअघि समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो। समूह चरणको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई बंगलादेशले २–१ गोलले हराएको थियो। 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड