सिन्धुलीमा गोली लागी एक प्रहरी घाईते



काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चल्दा एक प्रहरी घाईते भएका छन् । गोली लागेर प्रहरी जवान चन्द्र किशोर राय घाइते भएको र उनको थप उपचारका लागि काठमडौ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले बताएका छन् ।

पेटमा गोली लागेका रायको उपचारका लागि सिन्धुली अस्पतालमा उपचार गरिएपनि थप उपचारको लागि काठमाडौ रिफर गरेको प्रहरीले बताएको छ । गोली के कारणले चलेको हो भन्ने अहिलेसम्म खुलेको छैन । घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्