पाँचथरको फिदिममा ट्याक्टर दुर्घटना १ जनाकाे मृत्यु, ३ घाइते



हिलिहाङ: मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिममा गएराति भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको हाे। ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी गम्भीर घाइते भएका छन्।

घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए।

लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नम्बरको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्