कैलालीमा टिपरको ठक्करबाट एकको मृत्यु



कैलाली : जिल्लामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ६ वनबेहडामा टिप्परको ठक्करबाट एकको मृत्यु भएको हो ।

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ४ रामशिखरझाला बस्ने २८ वर्षीय भुवन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अनुसार दाङ गडुवा गाउँपालिका वडा नम्वर ७ का ३० वर्षीय बिष्णु चौधरीले चलाएको ना १ क ८८०३ नम्बरको टिपर र से ७ प ३९०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, गम्भीर घाइते भएका चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको हो ।

टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्