पर्वत बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो



पर्वत : पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा घाईते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ३ जनाको मृत्यु भएको थियो । 

म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको ग१ख ६१०८ नम्बरको बस सडकबाट करिब ७० मिटर खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३८ जना घाइते भएका छन् । 

घाइते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

दुर्घटनामा अन्य २८ जना घाईतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्