भ्यानसहित ६० लाख बढीको सामान बरामद



काँकडभिट्टा : पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका ६० लाख बढीका सामानसहित मे १ ज १८०७ नं.को बलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउज साडीलगायतका ६० लाख ३१ हजार १०० को सामान राजश्व कार्यालय पठाएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले सो सामग्री बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका-१२ बाट विशेष सुराकीका आधारमा महेन्द्र कम्पनीको गाडीसहित पक्राउ गरिएको बताए उनले भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामदे जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्