महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ


काठमाडौं : महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक पर्यटक आउने गर्छन् ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यसपटक महाशिवरात्रिलाई विशेषरुपमा मनाउने तयारी कोषले गरिरहेको छ । महाशिवरात्रि मनाउन यस वर्ष कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

पशुपति क्षेत्र वरपर महाशिवरात्रिअघि प्रत्येक दिन सफाइ अभियान चलाउन लागिएको कोष सञ्चालक सदस्य आशा पाण्डेले जानकारी दिए । भ्रमण वर्षका अवसरमा विदेशमा समेत प्रचारप्रसार भइरहेकाले पनि पशुपति क्षेत्रलाई सफा राख्न मन्त्रालयलेसमेत विशेष निर्देशन दिएको छ ।

यसैगरी मुहानदेखिकै नदी सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले पनि पशुपतिभन्दा माथिको वाग्मतीमा विशेष सफाइ अभियान शुरु गरेको छ । महाशिवरात्रिमा वाग्मती सक्दो स्वच्छ पानी बगाउने उद्देश्यले यो अभियान शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

त्यस क्षेत्रका स्थानीय सङ्घसंस्था, गुह्येश्वरीमाथिका विद्यालयको समेत सक्रियतामा यस क्षेत्रको नदी सफाइ गर्न लागिएको हो । मञ्चले प्रत्येक हप्ता शनिबार हुने गुह्येश्वरीमाथिको वाग्मती सफाइमा पनि विद्यालयका विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

यस वर्ष फागुन ९ गते महाशिवरात्रि परेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रिका दिन देवादिदेव महादेवको पूजा आरधाना, रुद्राभिषेक गरी मनाउने गर्छन् । कोषले ११ उपसमिति गठन गरी पशुपति क्षेत्रमा महाशिवरात्रि विशेषरुपमा मनाउने तयारी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले

काठमाडौं : रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ