‘ए’ डिभिजन लिग : च्यासललाई हराउँदै थ्री स्टारको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्री स्टार क्लबले जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको आफ्नो अन्तिम खेलमा च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले जित हात पारेको हो।

थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र लाल राम्मव्राले एक एक गोल गरे । जितसँगै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको छ। थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ भने च्यासलले १३ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्