कोठा खोज्ने बाहानामा चोरी गर्ने महिला पक्राउ



इटहरी: कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ।

 

स्थानीयवासीको गुनासोपछि ईटहरी उपमहानगरपालिका–५ रक्तमाला टोलबाट २० वर्षीया सरस्वती बिकलाई प्रहरीले पक्राउ गरेको हो।

 

उनको साथबाट प्रहरीले ६ तोला सुन र ७४ हजार नगद बरामद गरेको छ। अन्य थप विषयमा पनि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

 

विकले केही दिनदेखि ईटहरीका विभिन्न स्थानमा कोठा खोज्ने बहानामा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्