उद्योग बाणिज्य महासंघमा चुनावी सरगर्मी शुरु कसले मार्ला बाजी ?



काठमाडौं : आगामी चैत्र २८ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो गतिविधिलाई तीव्रता दिन थालेका छन् । चैत्रमा हुने निर्वाचनका लागि अहिलेदेखि नै समूह बनाएर औपचारिक तथा अनौपचारिक कार्यक्रमलाई पदाधिकारीमा उठ्ने व्यक्तिहरुले निर्वाचनलक्षित कायर्कमहरु गर्न थालिसकेका छन् । गत कार्तिक २९ मा आयोजना गर्नेगरी अघि बढाइएको विधान संशोधन प्रस्ताव गर्ने विशेष साधारणसभा विवादकै कारण स्थगित भएको थियो ।

विधान संशोधन मस्यौदा समितिले सातवटै प्रदेश, जिल्ला÷नगर उद्योग बाणिज्य संघ, महासंघ सम्बद्ध उद्योगी–व्यवसायी र सरोकारवालाहरूको राय÷सुझाव संकलन गरी प्रस्ताव गरेको विद्यमान विधान संशोधनको प्रस्ताव निर्णायक तहसम्म पुग्न सकेको थिएन ।

आगामी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष पदमा नेपालकै ठूलो बाणिज्य बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । निर्वाचन आउनै लाग्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । महासंघको अहिलेको विधानअनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुने पक्कापक्की देखिएको छ । उनी बरिष्ठ उपाध्यक्ष रहेका छन् । विधानअनुसार बरिष्ठ उपाध्याक्ष गोल्छा नै अध्यक्ष बन्ने बाटो खुलेको हो ।

महासंघ नेतृत्वका लागि दुईथरी समीकरण बन्ने देखिन्छ । जसअनुसार गोल्छा समूहबाट महासंघका पूर्व अध्यक्ष पशुपति मुरार्रकाको नेतृत्वमा समूह बनाउन शुरु भएको छ । मुर्राका समूहबाट वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, जिल्ला÷नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतबाट अञ्जन श्रेष्ठ, एसोसियटस्बाट सौरभ ज्योति प्रतिस्पर्धाका लागि चर्चामा रहेका छन् ।

चण्डीराज ढकालको साथले उपाध्यक्ष हुने सौभाग्य पाएका किशोर प्रधानले यसपटक उनको साथ नपाउने भएका छन् । प्रधानले ढकाललाई धोका दिएका कारण उनीसँग ढकाल रुष्ट हुन पुगेको बताईन्छ । बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालको उद्योगव्यवसायीमाझ लोकप्रिय रहेका छन् । महासंघको नेतृत्वमा वारम्वार निर्विरोध निर्वाचित हुदै आएका ढकाल उद्योगी–व्यवसायीहरुको समस्या नजिकबाट बुझने र उद्योगी–व्यवसायीहरुको हक र हितका लागि लाग्दै आएका ब्यक्तिको रुपमा पहिचान बनाएका छन् ।

ढकाल समूहबाट बरिष्ठ उपाध्यक्षमा ढकालसहित जिल्ला÷नगरबाट उपाध्यक्षमा गुणनिधि तिवारी र वस्तुगतबाट उमेशलाल श्रेष्ठ (दोहोरिने) उम्मेदवार बन्ने बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्