हेरिटेज इन्टरनेसनलमा अदिति र दुर्गा



काठमाडौं  : ‘मिस हेरिटेज इन्टरनेसनल’ का लागि अदिति श्रेष्ठले र मिसेज हेरिटेज इन्टरनेसनल नेपाल  २०१९’ मा दुर्गा विसुरालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

‘मिस हेरिटेज इन्टरनेसनल’ सन् २०१९ को संस्करण १२ देखि १७ फेब्रुअरीसम्म सिंगापुरमा आयोजना हुँदैछ । नेपालका लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१९’ मा सहभागिताका लागि अदितिलाई ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ घोषणा गरेको छ । 

साथै ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाको प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरनेसनल २०१९’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक इप्लानेट हो ।

हेरिटेज इन्टरनेसनलको उद्देश्य विश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ । युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका ४० भन्दा बढी मुलुकका प्रतिनिधिले यस प्रतियोगीतामा सहभागिता जनाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्