गल्फमा नेपाललाई स्वर्ण



काठमाडौं : नेपालले ३४ औ संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टतर्फ स्वर्णपदक जितेको छ । नेपाली खेलाडीले आयोजक बंगलादेशको 'बी' टोलीलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् ।

कुर्मितोला गल्फ क्लबमा भएको खेलमा शुक्रबहादुर राई र टंकबहादुर कार्की सहभागी नेपाल ‘ए’ ले १२ ओभर ३ सय स्कोरका साथ बंगलादेशको बी टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण पदक जित्यो ।

 

बंगलादेशको बी टिम ३ सय ३ स्कोरसहित दोस्रो भयो । दोस्रो चरणको खेलमा टंकले १ ओभर ७३ र शुक्रले ३ ओभर ७५ अंक बनाएसँगै ४ ओभर १ सय ४८ को नतिजा निकाल्दै नेपाल स्वर्णको हकदार बनेको थियो । पहिलो चरणमा नेपाल दोस्रो स्थानमा थियो । 

युवा खेलाडी सुवास तामाङ र युवराज भुजेलको नेपाल ‘बी टिम भने छैटौं भएको छ । टिम स्पर्धामा १० टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्