कमेडी फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक



काठमाडौं: मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। 

 

बेरोजगार युवाको कथामा आधारित फिल्मको ट्रेलर पनि कमेडी सवांदले भरिएको छ।

 

विशेषगरी पैसा कमाउन ३ पात्रहरु आयुष्मान देशराज, सन्दीप क्षेत्री र रवीन्द्र झाले गरेको संघर्षमाथि कमेडी दृष्य फिल्मको ट्रेलरमा  देखाएको छ। 

 

दीपेन्द्र खनालको निर्देशनमा निमार्ण भएको फिल्ममा ३ अभिनेतासहित प्रियंका कार्की, बेनीसा हमाल, सुरक्षा पन्त, ऋचा शर्मा, निश्चल बस्नेत अर्पण थापा, परमिता आरएल राणा लगायतको अभिनय छ। 

 

कार्यक्रममा फिल्मका निर्देशक खनालले समाजभित्रको यथार्थ घटनालाई हास्य प्रस्तुतिमा देखाउन खोजेको बताए। उनले भने, ‘अघिल्ला फिल्मभन्दा ‘चङ्गा चेट’लाई फरक शैलीमा बनाउने प्रयास गरेका छौं।’

 

माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथावस्तु प्रदीप भारद्वाजले लेखेका हुन्। आउँदो कात्तिक १६ गतेबाट प्रर्दशनमा आउने फिल्ममा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत सुन्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्