सानेपा हत्याकाण्डको नयाँ खुलासा



काठमाडौं : गत सोमबार(२७) गते ललितपुरको सानेपामा भएको घटना वर्षौको रिस एकैपटक पोखाउँदा मुनाको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । घरेलु कामदारको रुपमा रहेका बिजय चौधरीले बर्षौको रिस एकैपटक पोख्दा मुनाको हत्या भएको खुलासा भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

मुनाको कचकचे स्वभावका कारण बिजय आवेगमा आएको र उनैले हत्यार गरेको अनुसन्धानबाट खुलेको हो । बिजयले मुनामाथि कुनै शारीरिक दुव्र्यवहार नगरेको प्रहरीले बताएको छ । सीसीटीभी फुटेज र पोष्टमार्टम रिपोर्टमा समेत शारीरिक दुव्र्यवहार नदेखिएको प्रहरी स्रोतले बताएको छ । तथापी भित्री वस्त्रको फोरेन्सिक जाँच बाँकी रहेकाले प्रहरी अझै अन्तिम निष्कर्षमा पुग्न नसकेको हो । बिजयको सनकी स्वभाव भएकाले पनि हत्या गर्न तत्पर भएको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

त्यस्तै जियले मुनालाई आक्रमण गरेको बेला कुकुरले थाहा पाएपनि भित्र जान नसकेको बताईन्छ । विजयले मुनामाथि आक्रमणमा उत्रिएपति घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाएको र कुकुर भित्र पस्न खोजेपनि ढोकामा चुकुल लगाएको कारण भित्र छिर्न नपाएको सिसिक्यामेरामा देखिन्छ । मुना पहिलोपटक चिच्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोनेपनि तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका बन्द रहेका कारण कुकर भित्र पस्न पाउँदैन ।

कुकुरले ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फुटाउनै खोज्छ । भित्र पस्न सक्दैन । कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले कसेर मार्ने प्रयास जारी राखिरहन्छन् । त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आक्रामक रुपमा प्रस्तुत हुन्छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्यान लिन्थ्यो होला ।


घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार क्यामेरामा कैद भिडियोका अनुसार १० बजेर ८ मिनेटमा मुना किचनमा काम गरिरहेको देखिन्छ। यही समयमा विजय धेरै पटक उनको नजिक ओहोरदोहोर गरेको देखिन्छ।

त्यसको केही समयमा मुना झ्यालतर्फ विपरीत दिशामा फर्किएको बेला पछाडिबाट विजयले डोरीले घाँटीमा बाँधेर मुनालाई भुईंमा लडाएको देखिन्छ। त्यसपछि भान्सामै रहेको पिर्काले उनलाई अन्धाधुन्ध प्रहार गरे। त्यसपछिको १० मिनेटको भिडियोमा केही देखिंदैन। दुवै भुईंमा रहेकाले सीसीटीभीले यसपछि दृश्य कैद गर्न नसकेको हो।

भिडियो फुटेज अनुसार विजयको मनमा केही योजना भएको उसको हाउभाउले देखाउँछ । प्रहरीका अनुसार। मुना भान्सामा छिरेपछि पनि ऊ वरिपरि घुमिरहेको दृश्यमा देखिन्छ । पूर्वसचिव कार्की ११ बजेर २० मिनेटमा घर फर्कंदा विजय लडिरहेका थिए । उनको वरिपरि रगतले बनाएका पाइतालाका डोबहरू थिए । त्यस्तै श्रीमती मुना भान्सा कोठामा रगताम्य थिइन् यो अवस्था देखेपछि उनी चिच्याउदै छिमेकीलाई गुहार माग्छन् ।

त्यसमध्ये कसैले प्रहरीलाई खबर गरे। एकैछिनमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुग्यो । चिकित्सक सहितको टोली लिएर प्रहरी घटनास्थल पुग्दा मुना गम्भीर घाइते थिइन्। उनलाई तत्काल एम्बुलेन्स मगाएर नजिकैको स्टार अस्पताल पठाएर प्रहरी घटनास्थलको मुचुल्का बनाउन थाल्यो।

प्रहरीले मुना लडिरहेको स्थानमा टुक्राटुक्रा भएका प्लाष्टिकको पिर्का र नाइलनको डोरीको गुजुल्टो फेला र्पायो। डाइनिङ हलको टेबलमा केही पैसा, दुईवटा कैंची, एउटा डोरीको सानो टुक्रा लगायत सामग्री पनि फेला परेका थिए। भान्सामा रगतका टाटाहरू यत्रतत्र देखिएका थिए । प्रहरीले विजयको शव मुचुल्कामा उनको घाँटीमा चुँडिएको नाइलनको डोरी फेला र्पायो। यस्तै उनको शरीरका अन्य भागमा कुनै चोटपटक थिएन, दुवै घुँडामा बजारिएको जस्तो घाउ र कट्टुमा वीर्य चुहिएको भेटियो।
यस्तै मुनाको टाउकोमा धेरै ठाउँमा घाउ र बायाँ स्तनमा धेरैपटक प्रहार गरेजस्तो चोट देखिएको थियो । यसैगरी विजयको भित्री बस्त्रमा वीर्य भेटिएको थियो । प्रहरीका अनुसार आत्महत्याको अधिकांश घटनामा वीर्य भेटिन्छ । यो सामान्य कुरा हो । तथापी यो घटनामा यसै हो भन्न चाहि फरेन्सिक टेष्टपछि मात्र थाहा हुने बताईन्छ ।

उता मृतक मुना र घरेलु कामदार विजय दुवैको आ आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । मुनाको पशुपति आर्यघाटमा र चौधरीको दाङमा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । पाटन अस्पतालमा पोष्टमार्टमपछि मुनाको शव परिवारले बुझेको थियो । उनका दुई छोरीहरु बेलायत र अष्ट्रेलियाबाट आइपुगेपछि अन्त्येष्टि गरिएको बुझिएको छ भने विजय चौधरीका पिता जानकी चौधरी ललितपुर आएर शव बुझेका थिए । उनले बुधबार नै शव दाङ लिएर गएका थिए । विजयको परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्