दुर्घटना अपडेट : मृतक चारको सनाखत



दुर्घटनाका घाइतेलाई अस्पताल लगिँदै ।

पोखरा : पर्वतको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा बस दुर्घटना हुँदा मृत्यु भएका सातजनामध्ये चारजनाको सनाखत भएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिलाकाे सनाखत हुन बाँकी छ । 

सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० जनालाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईजनालाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए । अन्य आठजना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

बेनीबाट नारायणगढतर्फ यात्रु लिएर हिँडेको ग१ख ६१०८ नम्बरकाे बस बिहीबार बिहान ८.१५ बजे सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खसेको थियो । तीव्रगतिमा गुडेकाे बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीकाे अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्