‘किक–२’ मा सलमानलाई दिशाको साथ



एजेन्सी : फिल्म ‘किक–२’ मा बलिउड नायक सलमान खान र दिशा पटानीको जोडीलाई हेर्ने पाइने भएको छ । सन् २०१४ मा रिलिज भएको फिल्म ‘किक’ मा ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका थियो । फिल्म ‘किक’ को निर्माण र निर्देशन साजिद नाडियाडवालाले गरेका थिए । उक्त फिल्मको सिक्वेल ‘किक–२’ का लागि गृहकार्य भइरहेको छ ।

 

सन् २०१६ मा रिलिज भएको फिल्म ‘एमएस धोनी : दी अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी नायिका दिशा पटानीको दोस्रो फिल्म ‘बागी–२’ थियो । उनको पहिलो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

 

हाल उनी सलमान खानको ‘भारत’ मा काम गरिरहेकी छन् । यो फिल्म स्टन्टले भरिएको छ, यसमा दिशा पटानीको स्टन्ट पनि रहेको छ । ‘भारत’ फिल्म दिशा पटानीको करियरको लागि निकै ठूलो अवसर हुने विश्वास गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्