सूचना प्रविधि विधेयकले सुशासन ल्याउँछ : मन्त्री बाँस्कोटा


काठमाडौं : सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताएका छन् ।

विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन सहयोग गर्ने बताएका हुन् ।

आज (शुक्रबार) राजधानीमा सुरु भएको क्यान महासंघको २६ औं क्यान इन्फोटेकलाई सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीलाई अगाडी बढाउने हो भने यस कानुनको आवश्यकता पर्ने बताए ।

सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको समेत उनले आरोप लगाए । ‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ उनले भने, ‘मुलुकलाई ‘डिजिटल इकोनोमी’ मा रुपान्तरण गर्ने उद्देश्य राख्ने निजी क्षेत्रले यस विधेयकलाई गलत तरिकाले व्याख्या गरेका छन् ।’ उनले सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐन भन्दा पनि खुकुलो भएको दाबी गर्दै डिजिटल सुशासन हुन नदिनेले यसको विरोध गरेको आरोप लगाए ।

विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनको दाबी छ । ‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तथा डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उनले भने, ‘अरुले नबुझे पनि क्यानले यो विधेयकलाई बुझ्नुपर्छ ।’ यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाउने प्रतिबद्धता जनाए ।

सरकारले अघिल्लो वर्ष संसदमा दर्ता गरेको सूचना प्रविधि विधेयक राष्ट्रिय सभा र संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पास भएको छ । यो विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा रहेको छ । विधेयकमा रहेको कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन् ।
उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ जुनसुकै काम गर्न तयार रहेको बताए ।

नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको भन्दै यसलाई तल्लो स्तरबाट पुर्याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गर्न आवश्यक रहेको उनले बताए । यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम् सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उनको धारणा थियो । शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनी क्यान इन्फोटेकमा मोबाइल र ब्रोडव्यान्डलाई छुट्टै पभेलियनमा राखिएको छ ।

प्रदर्शनीमा प्रविधि कम्पनीको उत्पादनसहित ब्राण्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या