गोली प्रहारबाट घाइते हवल्दार यादवलाई काठमाडौं ल्याइयो



काठमाडौं : गोली प्रहारबाट घाइते भएका इलाका प्रहरी हवल्दार महेन्द्र प्रताप यादवलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत उनलाई हिजो साँझ खडक नगरपालिका–८ विशनपुर चोकमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । 

दुई जनाको समुहमा आएका व्यक्तिले हवल्दार यादवलाई गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । 

घटनाको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाले लिएको छ । घटनास्थलमा मोर्चाको पर्चा भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्