माघ २५ मा ‘समर लभ’ रिलिज 



काठमाडौं : युवापुस्ताको प्रेमकथामा आधारित उपन्यास ‘सभर लभ’ मा आधारित भएर  फिल्म ‘समर लभ’ निर्माण गरिएको छ ।  ‘सभर लभ’ माघ २५ गते रिलिज हुँदैछ । अहिले यस फिल्मको टिम फिल्मको प्रमोसनल टुरमा छ । यो फिल्मको निर्देशन मुस्कान ढकालले गरेकी हुन् ।

उनले यसअघि ‘नाइँ नभन्नु ल ३’ निर्देशन गरिसकेकी छन् ।  फिल्ममा अतितको भूमिकामा आशिष पिया र सायाको भूमिकामा रेवती क्षेत्रीलाई हेर्न सकिन्छ । यी दुवै कलाकारको ‘समर लभ’ पहिलो नेपाली फिल्म हो । 

नेपाली मूलकी भारतीय नागरिक रेवतीले यसअघि भारतीय फिल्म ‘ग्याङ्स अफ नर्थ वेस्ट’ मा अभिनय गरेकी थिइन् । ‘समर लभ’ फिल्मको छायांकन नेपालको काठमाडौं, पोखरा, धनगढीसँगै नर्वे, सिंगापुर मलेसियाका विभिन्न स्थानमा गरिएको छ । यस फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका आशिष चितवन नारायणगढका हुन् । 

प्रतिक्रिया दिनुहोस्