कोठामा पढिरहेकी कविताको घाटी रेटी हत्या



सल्यान : शुक्रबार राति ९ बजेसम्म कोठामै बसेर पढिरहेको एक छात्रा राति हेर्दा कोठामा नभेटिएपछि १ बजे घर नजिकै हत्या भएको अवस्थामा फेला परेकी थिइन् ।

सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार आफ्नै घरको करिब २० मिटर टाढाको दुरीमा अन्दाजी १७ वर्षीय किशोरी कविता बोहराको गाई बस्तु बाध्ने खुल्ला ठाउँमा घाटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । कविताको धारिलो हतियार प्रयोग गरी घाटीको श्वास नली काटिएर उत्तानो परेको अवस्थामा शव फेला परेको छ ।

शव आज (शनिबार) बिहान १ बजे फेला परे पनि स्थानीयले प्रहरीलाई बिहान ३ बजे मात्र खबर गरेका थिए ।

घटना भएको ठाउँमा कुनै हतियार फेला नपरेकाले हत्या किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्