चार सयमध्ये मेस्सीलाई सबैभन्दा मन पर्ने आफ्नै त्यो गोल…



एजेन्सी : स्टार खेलाडी लियोनल मेस्सीले आइतबार एइबरविरुद्ध गोल गर्दै बार्सिलोनाका लागि ला लिगामा चार सय गोल पूरा गरे । लिगमा चार सय गोल पूरा गरेकोमा खुशी व्यक्त गर्दै मेस्सीले आफू अझै माथि पुग्न सक्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मेरो ध्यान हरेक दिनको खेलमा हुन्छ । म हरेक दिन तीन अंक जोड्न केन्द्रीत हुन्छु र बार्सिलोनालाई जिताउन चाहन्छु । मेरो ध्यान गोल गर्नमा मात्रै हुदैँन ।'

आफ्ना सबै चार सय गोल नै उत्तिकै स्पेशल रहेपनि क्लबका लागि गरेको पहिलो गोल अविश्मरणीय रहेको उनले बताए । सन् २००५ मा बार्सिलोनाबाट पहिलो पटक अल्बाकिटोविरुद्ध गरेको गोल  आफूलाई मनपर्ने गोल रहेको उनको भनाइ छ ।  

‘रोनाल्डिन्होको पासमा अल्बाकिटोविरुद्धको गोल म कहिलै भुल्दिन,’ मेस्सीले भने ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो पटक गरेको गोलको भिडियो…

 

प्रतिक्रिया दिनुहोस्