ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते



विराटनगर : आज (शनिबार) बिहान को १ ख ७३०९ नम्बरको ट्रिपरसँग प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मोहम्मद ओजिर राइन र हरेराम साहको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाका अनुसार विराटनगर महानगरपालिका–४ ढाटमा दुर्घटना हुदाँ राइन र साहको मृत्यु भएको हो । सिरहा सुखीपुरका २४ वर्षीय राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिकाका २८ वर्षीय साहको मृत्यु भएको हो । थापाका अनुसार मोटरसाइकलमा सवार तीनजनामध्ये सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा रहेको मोटरसाइकलले ट्रिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । चिन्ताजनक अवस्थामा रहेका यादवको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्