आफैंले पालेको गोहीको आक्रमणबाट महिलाको गयो ज्यान



इण्डोनेसियामा गोहीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। इण्डोनेसियाली प्रहरीका अनुसार अवैध रुपमा पालिएको गोहीको आक्रमणबाट ती महिलाको ज्यान गएको हो।

 

इण्डोनेसियामा व्यक्तिगत तथा निजी प्रयोजनका लागि गोही पाल्नु अवैध मानिन्छ। तर सुलावेसी टापुस्थित पर्ल फार्ममा अवैध जनवारहरु पालिएका छन्।

गाहीको आक्रमणबाट मृत्यु भएकी महिला

सोही फार्ममा कामगर्दै आएकी ४४ वर्षिया चिकित्सक डेजी टुवोको गोहीको आक्रमणबाट मृत्यु भएको हो। डेजीले विशेषगरी गोही लगायत अन्य जनवारहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गर्थिन्।

 

उनले त्यस गोहीलाई कहिलेकाँही खान समेत दिने गरेको बताइएको छ। आक्रमण गर्ने मेरी नाम दिइएको उक्त गोही ७ सय केजीको रहेको अधिकारीहरुले बताएका छन्।

 

घटना पश्चात प्रहरीले पर्ल फार्म सञ्चालकलाई पक्राउ गरेका छन् भने त्यहाँका अवैध गोहीसहित सबै जनवारहरु वन्यजन्तु आरक्षण केन्द्रलाई जिम्मा लगाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्