पलाञ्चोक भगवतीलाई जग्गा खरीद गर्न अभियान


काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करीब ३ करोडमा जमिन खरीद गरिने भएको छ ।

नपाको बजेट, मन्दिर विकास कोषको रकम, महायज्ञ तथा व्यक्तिगत सहयोगबाट मन्दिरको उत्तरपूर्वको जमिन खरीद गर्न लागिएको हो ।

नगर कार्यालयले चालू आर्थिक वर्षमा ३० लाख रकम छुट्याएको छ । नगरप्रमुख महेश खरेलले शुक्रबार १ लाख ८ हजार सहयोग गर्ने घोषणा गरेका छन् । “जमिन पास गर्ने दिनसम्म यो रकममा थप्नेछु”, मन्दिरका संरक्षक रहेएका खरेलले भने । विभिन्न व्यक्तिका नामको ५ रोपनी ५ आना जग्गा करीब ३ करोडमा खरीद गर्न लागिएको हो ।

जग्गा खरीद गर्न आगामी चैत १८ गतेदेखि सप्ताह ज्ञान महायज्ञ गरिनेछ । शक्तिपीठका रूपमा मानिदै आएको मन्दिर परिसरमा गरिने यज्ञमा भक्तजन एवं दाताबाट करीब ५ करोड संकलन हुने अपेक्षा छ । उनले भने,“रु १४ लाख प्रतिआनाको जग्गा ३ लाख हाराहारीमा लिने सहमति गरी बैना गरिएको छ, यो अभियानमा भक्तजनको सहयोग आवश्यक छ ।” मन्दिर विकास समितिले व्यक्तिगतरूपमा सहयोग गर्न अपिल गरेको छ ।

उक्त स्थानमा मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यको ११ आनासहितको जग्गा छ । बज्राचार्यले प्रतिआना ३ लाखमा मन्दिरलाई जग्गा दिने जनाएका छन् । नगरप्रमुख खरेलका अनुसार अन्य व्यक्तिले सोही हाराहारीमा जग्गा दिने सहमति भएको हो । उक्त जग्गा हाल मन्दिरका भक्तजनको सवारी साधन पार्किङस्थलको प्रयोग हुँदै आएको छ ।

उक्त जग्गामा मन्दिर विकास समितिले व्यवस्थित पार्किङ, सभाहल, विवाह तथा अन्य शुभकार्यका लागि भवन र व्यवस्थित शौचालय निर्माण गरिने योजना बनाएको छ । मन्दिर विकास कोषमा ४० लाख रहेको वडाध्यक्ष किरण श्रेष्ठले बताए । उनका अनुसार यसअघि ५ रोपनी जग्गा रहेको मन्दिरका लागि वि.सं.२०५२ मा थप १२ रोपनी खरीद गरिएको थियो ।

मन्दिर लिच्छविकालीन राजा मानदेवको रानी विजयश्वरीले ४७६ वर्षअघि निर्माण गर्न लगाएको मानिन्छ । वि.सं.२०३२ मा तत्कालीन सरकारले मन्दिर जीर्णोद्वार गरेको थियो । अभिलेख अनुसार नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्नुअघि तत्तकालीन पूर्व १ नं.क्षेत्र अन्तर्गत २८ मौजामध्ये काभ्रे र पलाञ्चोक नामका २ मौजाका गाउँ क्षेत्रलाई समेटेर काभ्रे जिल्ला स्थापना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल

काठमाडौं : भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलमा आक्रमण गर्दा लगातर ३