स्वार्थकेन्द्रित एजेण्डा पैरवी गर्नेको बोलवाला बढ्दैछ


शंकर पोखरेल
सबै आर्थिक सूचकमा नेपालले प्रगति गरेको देखिदा पनि जनतामा असन्तुष्टि व्याप्त छ भन्दै प्रचार गर्दै हिड्ने नेतृत्व र समृद्धिको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको व्यक्तित्व ओरालो लागेको देख्ने ठुला मिडियाहरु देख्दा यहाँ तथ्य र सत्यको होइन,वाह्य शक्तिकेन्द्रको स्वार्थमा आधारित प्रायोजित एजेण्डाको पैरवी गर्नेको वोलवाला वढ्दैछ भन्ने देखिन्छ ।

कुल गार्हस्थ उत्पादनमा भएको तिव्र वृद्धि तथा सामाजिक एवम् मानवीय सूचकहरुमा भएको उत्साहजन वृद्धिवाट जनता निरास हुनुपर्ने कारण त केही छैन । जनतालाई आशावादी बनाउने पार्टी नेतृत्व नै स्वार्थमा विभाजित भएका कारणले र नेपालमा वामपंथी सरकारले राजनीतिक स्थायित्व हासिल गर्न सफल हुदै गरेको अवस्थावाट चिन्तत भएका शक्ति केन्द्रहरुको प्रायोजित प्रचारबाजीका कारणले पनि जनतामा भ्रम सिर्जना भएको छ ।

गएको वर्षको तुलनामा प्रदेश सरकारको काममा पनि उल्लेख्य सुधार देखिदैछ । प्रदेश ५ कै कुरा गर्ने हो भने गएको वर्ष प्रथम चौमासिकमा ८ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश सरकारले सोही अवधिमा १९ प्रतिशत सम्म बजेट खर्च गर्न सफल भएको अवस्था छ । संरचनागत आधार पनि पहिलोको तुलनामा प्रदेश सरकार सुदृढ वन्दै गएको अवस्था छ ।स्थानिय सरकारसंग प्रदेशको जिवन्त संवन्ध स्थापित भएको छ । कृषि अनुदानको कमजोर अवस्थामा सुधार देखिदैछ ।

सामुदायिक विद्यालयको अवस्थामा सुधार देखिदैछ । प्रादेशिक र जिल्ला अस्पतालहरुको सेवाको स्तरमा उल्लेख्य सुधार देखिदैछ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका माध्यमवाट सरकार सिमान्तकृत वर्गमा पुग्न सफल देखिदैछ । कृषिमा प्रविधिको प्रयोग उल्लेख्य मात्रामा वढेको छ ।

खानेपानीको क्षेत्रमा लगानी वढेको छ । तीन वर्ष भित्रमा सतप्रतिसत घरपरिवारमा पानीको धारा पुग्ने कुरा सुनिश्चित देखिदैछ । सबैका घरमा विजुली दुई वर्ष भित्रै पुग्ने गरी काम अघि वढ्को छ । खरको छाना विस्थापन अभियानका रुपमा अघि वढ्दैछ । जनता आवास कार्यक्रम सफलता पूर्वक अघि वढेको छ । सिचाईका पुराना आयोजनाहरु सम्पन्न हुने अवस्थामा पुगेका छन् । केन्द्रवाट हस्तान्तरित सडक आयोजना आउने वर्ष सम्पन्न हुने गरी अघि वढेका छन् ।

प्रदेशमा नीजि क्षेत्रको लगानी उल्लेख्य मात्रामा वढेको छ । रुपन्देही,वाँके, परासी, दाङ र कपिलवस्तुमा औद्योगिक विकासले तिव्रता लिएको छ ।पाल्पाली ढाका उद्योगको पुनर्जिवनको सम्भावना वढेको छ । गुल्मीको कफीका लागि वाह्य बजारको सम्भावना देखिएको छ । अल्लोको उत्पादनले व्यावसायिक रुप लिदैछ ।

प्रदेशमा लगानी मैत्री वातावरण रहेको विश्वास वढेको छ र त्यसको जगमा प्रदेश स्तरीय लगानी सम्मेलन आयोजना गरिदैछ । पर्यटन प्रवर्धनका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । होटेल व्यावसायको विस्तार पनि तिव्र गतिमा भइरहेको छ । स्तरिय होटेलहरु खुल्ने क्रम जारी छ ।यसवाट प्रदेसमा रोजगारीका अवसरमा पनि उल्लेख्य वृद्धि भइरहेको छ ।

प्रदेसमा स्थानिय तहहरुको काम पनि अन्य क्षेत्रको तुलनामा राम्रो अवस्थामा छ । केन्द्र प्रदेस र स्थानिय सरकारको योगदानका कारणले गएको वर्ष यो प्रदेस सबैभन्दा वढि आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेस वन्न पुगेको छ । चालु आर्थिक वर्षमा त्यसमा अझै राम्रो हुने अवस्था छ ।

लामो समयसम्म पछि परेको मुलुकका जनतामा तिव्र परिवर्तनको अपेक्षा हुनु स्वभाविक नै हो । विगत लामो समय देखि विग्रिएको अवस्थामा रातारात चमत्कार हुने त होइन । तर जे भएको छ त्यो उल्लेखनीय नै छ । भविष्यमा अझै राम्रो हुने निश्चित छ । आशावादी बनौ ।आशाको संचार गरौ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम

इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं : कुवेतमा एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।कुवेतस्थित नेपाली राजदूतावासले

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १–२ दिनमा विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख पुग्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका

बागलुङ : कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९)का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्र्याक

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको