दैलेख र पाल्पाको ग्यास खानी अन्वेषण गर्न चिनियाँ परियोजना स्वीकृत



काठमाडाैं : सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनिया परियोजनालाई स्वीकृत गरेको छ ।

 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

 

नेपालले बेला–बेलामा भोग्ने इन्धन संकट अन्त्यको लागि यो परियोजना महत्वपूर्ण हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्