राष्ट्रिय टोलीले फागुन १८ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्ने



काठमाडौं : नेपाली राष्ट्रिय टोलीले फागुन १८ गतेदेखि बन्द प्रशिक्षण सुरु हुने भएको छ । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि फागुन १८ बाट प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

मुख्य प्रशिक्षक योहान कालीनले अष्ट्रेलियासँगको खेलका लागि शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

प्रारम्भिक टोली :

विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी,छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

प्रतिक्रिया दिनुहोस्