अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल (भिडियो)



काठमाडौं : अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपालका दिवेश पोखरेल अडिसनमा छनौटमा परेका छन् ।

स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । उनी नेपालमा प्लस टु पास गरेपछि अमेरिका गएका थिए ।

अमेरिकी गायिका केटी पेरीले उनले गाएको गीतको प्रशंसा गरेकी थिइन् ।

उनको प्रस्तुतीमा निर्णायकहरु खुशी भएका थिए भने गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए ।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई भन्छन्, ‘यू आर गोइङ्ग टु हलिउड ।’

दिवेशले प्रलय, खोज, म, कर्णालीलगायतका नेपाली गीत पनि गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्