इस्टर्न रिजन क्रिकेटको खेल तालिका सार्वजनिक : नेपाल र मलेसिया भिड्ने



काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नेपालले फेब्रुवरी २९ मा मलेसियाको सामना गर्ने भएको छ।

थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ ।

नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ५ टिमले मात्र सहभागिता जनाउने भएको छ । चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने भएपछि प्रतियोगिता दुइ दिन पछि सरेको छ ।

अव नयाँ तालिका अनुसार इस्टर्न रिजन फागुन १७ देखी २३ गते सम्म (२९ फ्रेबअरी देखी ६ मार्च ) सम्म हुने भएको छ । शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको घोषणा गरिसकेको छ ।

खेल तालिका :

प्रतिक्रिया दिनुहोस्