समुन्द्री किनारमा करिश्मा तन्नाको फोटोशूट, भाइरल भयो तस्बिर



जेन्सी : टेलिभिजन अभिनेत्री करिश्मा तन्ना फेरि चर्चामा आएकी छिन् । उनी यो पटक समुन्द्री किनारमा खिचिएको तस्बिरको कारण चर्चामा आएकी हुन् ।

कलर्स टेलिभिजनको चर्चित सिरियल ‘नागिन’ को तेस्रो सिजनमा मुख्य भूमिका निभाएकी तन्ना पछिल्लो पटक समुन्द्रमा देखिएकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम एकाउन्टमा तस्बिर सेयर गरेकी छिन् ।

तस्बिरमा निकै सुन्दर देखिएकी तन्ना सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् ।

उनको तस्बिरमा थुप्रैले प्रतिक्रिया समेत जनाएका छन् । उनको तस्बिरमा प्रोड्युसर एकता कपूरले ‘माइ गड’ भनेर कमेन्ट समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्