सलमानको तीन दशकअघिको चर्चित अन्तर्वार्ता



काठमाडाैं: अभिनेता सलमान खानले झेल्ने सबैभन्दा गाह्रो प्रश्न हो, उनले कहिले बिहे गर्छन् ? यो सवालको सामना गर्दागर्दा उनी वाक्क भइसकेका छन् । तर, अचेल सलमानले २९ वर्षअघि दिएको एउटा अन्तर्वार्ता चर्चामा छ । सो अन्तर्वार्तामा उनले आफ्नो निजी जीवनका विविध कुरा खोलेका थिए ।

सलमानले २ मे १९९० मा दिएको एउटा अन्तर्वार्तामा आफूलाई बुबा सलिन खानले हिरो बन्न कहिल्यै पनि प्रोत्साहित नगरेको बताएका थिए । निर्देशक शशिलाल नायरसँगको अन्तवार्तामा सलमानले बाबुलाई उधृत गर्दै भनेका छन्,  ‘तँ कसरी हिरो बन्छस् ? तँसँग हिरो बन्नका लागि कुनै गुण छैन, हिरो भइस् भने मेरो इज्जत जान्छ ।’

सलमानले भनेका छन्, ‘मैले सोचेँ कि जसरी भए पनि बुबाका अघि यो प्रमाणित गर्नेछु कि म जिन्दगीमा केही गर्न सक्छु ।’ त्यो समयमा उनी संगीत बिजलानीसँग प्रेममा थिए । तर, उनले प्रेम सम्बन्धबारे केही बताएका थिएनन् । त्यतिवेला सोेधिएको थियो कि तपाईं कस्तो प्रेमिकाको अपेक्षा राख्नुहुन्छ ? 

सलमानले भनेका थिए, ‘मेरी श्रीमती साक्षात् भारतीय नारी हुने छिन् । तर, अहिले सलमान विदेशी युवती युलिया वन्तुरसँग प्रेममा छन् ।

प्रतिक्रिया दिनुहोस्