कोरोना भाइरसको आशंकामा एक जना टेकु अस्पताल भर्ना



काठमाडौं : कोरोना भाइरसको संक्रमण भएको आशंकामा एक जना अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उक्त बिरामी अस्पताल भर्ना भएका हुन् ।

सोमबार कोरोनाको आशंकामा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उक्त बिरामीको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार ज्वरो आएको भन्दै अस्पताल पुगेका उनलाई आइसोलेसन वार्डमा राखिएको हो ।

कोरोना परीक्षणका लागि उनको नमुना पठाइएको छ। रिपोर्ट आएपछि मात्र कोरोना भाइरसको संक्रमण भए÷नभएको थाहा हुने उनले बताए। अहिलेसम्म कोरोनाको आशंकामा ३४ जनाले उपचार गराएका छन्। जसमध्ये एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्