९ करोडको लागतमा डेरी उद्योग



नेपालगञ्ज : ९ करोडको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ ।

प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले आज नेपालगञ्जको वडा नं २२ मा रहेको सो डेरी उद्योगको उदघाटन गर्दै प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रम अघि सारेको छ भने । प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको समानुपातिक विकासका लागि प्रदेश सरकार लागि परेको छ भने ।

बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय सरोज पाण्डेले सो डेरी उद्योग खोलेको र डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्