उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो, पूर्वी पहाडी भूभागमा वर्षा



काठमाडौं : आज (मंगलबार) देशका पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

हाल देशको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक न्यून चापिय क्षेत्रको असर रहेका कारण आजदेखि बिहीबारसम्म देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केही स्थानमा तुवालो पनि लागेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा तुवाँलो लागेको महाशाखाले जनाएको छ ।

वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ । मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन ।

अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता तीन हजार मिटरसम्म हुनुपर्छ । सो भन्दा कम भएमा उडान प्रभावित हुन सक्छ । नेपालको वायुमण्डलको पारदर्शिता तीन हजार मिटरबाट तल नझरेकाले तत्काल उडान प्रभावित हुने अवस्था नरहेको बताइएको छ ।

आगामी तीन दिनको मौसम
फागुन ६ गते (मंगलबार)
दिउँसो :
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी र मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ७ गते (बुधबार)
दिउँसो :
देशभर सामान्य बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ८ गते (बिहीबार)
दिउँसो :
देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्