किसानलाई ट्रक, ट्रयाक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार


हेटौँडा : ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो ।

प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक प्राप्त गर्नेछन् ।

प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण उनीहरुको समेत थप लगानीमा वितरण गर्न लागिएको निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ ।

प्रदेश सरकारले कृषि उपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ । आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा बताउँछन् । त्यसरी गरिने कृषिमा जैविक कृषि प्रणाली अपनाउने कृषकलाई सरकारले प्रथमिकता दिने उनको भनाइ छ । -रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका