श्रीलङ्कामा चिनियाँ पर्यटककाे सङ्ख्यामा वृद्धि



कोलम्बो: चीनबाट सन् २०१८ भरीमा दुई लाख ६० हजार पर्यटक श्रीलङ्का आएका छन्। सरकारी अधिकारीहरुले यस वर्ष त्यो भन्दा बढी पर्यटकहरु चीनबाट श्रीलङ्का आउने अपेक्षा गरेका छन्।

श्रीलङ्काको पर्यटन मन्त्रालयका अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार गत डिसेम्बरमा मात्रै चीनबाट श्रीलङ्कामा १८ हजार २ सय ८३ जनाले भ्रमण गरेका छन्।

‘हामीले यो वर्ष अघिल्लो वर्षभन्दा बढी पर्यटक आकर्षित गर्न चाहान्छौँ, विशेष गरेर चीन र भारतबाट धेरै पर्यटक ल्याउन सकिने हाम्रो विश्वास छ,’ पर्यटनमन्त्री जेहन अमारातुङ्गाले भने।

दुई देशलाइ लक्षित गरेर केही सहरहरुका बारेमा व्यापक प्रचारप्रसार गर्ने योजना बनाएको पनि उनले जानकारी दिए। सबै देशबाट गरेर गत डिसेम्बर महिनामा मात्रै दुई लाख ५० हजार पर्यटकहरु श्रीलङ्का भित्रिएको श्रीलङ्क पर्यटन विकास प्राधिकरणले जनाएको छ। यो तथ्याङ्क पनि सबैभन्दा उच्च भएको अधिकारीहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस्