जनकपुरमा भोलीदेखि दोश्रो महिला र प्रथम पुरुष ह्याण्डबल प्रतियोगिता हुँदै



जनकपुरधाम : “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ जनकपुरमा भोलि (बुधबार)देखि दोश्रो महिला एवं प्रथम पुरुष ह्याण्डबल प्रतियोगिताको आयोजना हुँदैछ ।

जिल्ला ह्यायडबल संघ धनुषाको आयोजनामा जनकपुरको ऐतिहासिक रंगभूमि मैदानमा हुन लागेको प्रतियोगितामा देशभरीबाट पुरुष र महिला टीम गरी १२ वटा टीमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

राष्ट्रियस्तरको प्रतियोगितामा नेपाल आर्मीको महिला पुरुष टीम, शसस्त्र प्रहरीको महिला पुरुष टीम, पोखराको महिला पुरुष टीम, पूर्वाञ्चलबाट महिला टीम र आयोजक जनकपुरको महिला पुरुष टीम सहभागी हुने प्रतियोगिताका संयोजक सरोज मिश्रले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए । फागुन ७ गतेदेखी सुरु हुने खेलमा जम्मा १६ वटा खेल चार दिनसम्म चल्ने र फाइनल खेल फागुन १० गते शनिबार हुने मिश्रले बताए ।

प्रतियोगितामा पहिलो हुने महिला टीमलाई नगद ५१ हजार र ट्रफी,दोश्रोलाई नगद ३१ हजार ट्रफी र तेस्रो हुने टीमलाई नगद २१ हजार र ट्रफी प्रदान गरिने छ भने पुरुष तर्फ प्रथम हुनेलाई नगद ३१ हजार र ट्रफी,दोश्रोलाई २१ हजार र तेस्रो हुने टीमलाई ११ हजार नगदका साथै ट्रफी प्रदान गरिने छ ।

यसैबीच जनकपुरमा हुन लागेको राष्ट्रिय स्तरको ह्याण्डबल खेलका लागि प्रदेश र स्थानीय सरकार उदाशिन रहेको भन्दै आयोजकले दुःख व्यक्त गरेको छ । जिल्ला ह्याण्डबल संघ धनुषाले गर्न लागेको प्रतियोगिताको लागि सरोकारवाला निकाय अहिलेसम्म कुनै सहयोग नगरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो खेल भोलि बिहान नेपाली सेना र शसस्त्र प्रहरीको महिला टीम बिच हुने जिल्ला ह्याण्डबल संघ धनुषाका अध्यक्ष बिमलेश सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्