कोरोनाभाइरसका कारण वुहान अस्पतालका निर्देशक झिमिङको मृत्यु


बेइजिङ : कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।

गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेकाे भएको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।

उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक छन् । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।

वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ