एक लाख चिनियाँ कारबाहीमा



बेइजिङ :  चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लंघन गरेकामा सन् २०१८ मा करिब १ लाख व्यक्तिलाई कारबाही गरिएको छ । दल र सरकारको बानीमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे मितव्ययिता संहिताअन्तर्गत वर्षभरमा ९२ हजार २१५ व्यक्तिलाई कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको भ्रष्टाचारविरोधी उच्च निकायले बताएको छ ।

उनीहरूलाई विभिन्न ६५ हजार ५५ मुद्दामा मितव्ययी नबनेको ठहर गरी कारबाही प्रक्रिया अघि बढाइएको चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन अनुगमन तथा राष्ट्रिय पर्यवेक्षण केन्द्रीय आयोगद्वारा बिहीबार वेभसाइटमा प्रकाशित सूचनामा उल्लेख छ । दण्डित हुनेमा ६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय अधिकारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्