७३० घण्टामा तयार भएको थियो उर्वशी रौतेलाको यो ड्रेस



एजेन्सी : गत शनिवार भारतमा प्रतिष्ठित अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा धेरैजना सेलिब्रेटी उपस्थित भएका थिए ।

यसैबीच, अभिनेत्री उर्वशी रौतेलाको ड्रेसले सबैको ध्यान खिचेको थियो । उनको ड्रेसले अहिले सामाजिक सञ्जाल नै तताएको छ ।

खास कुरा के छ भने यो ड्रेस उठाउन चार जनाको सहारा लिनु परेको थियो भने उनी अवार्ड कार्यक्रममा चार जना बस्ने सिटमा एक्लै बसेकी थिइन् ।

उनको यो ड्रेस अल्बीना डायलाले डिजाइन गरेका हुन् । डिजाइनर डायलाले रातो रङको उक्त ड्रेस बनाउन ७३० घण्टा लगाएका थिए । उनको यो कार्यक्रममा कुनै पनि अवार्डमा नोमिनेशन नभएकी रौतेलाको ड्रेसले भने निकै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्