अस्ट्रेलियामा रमिला मर्हजनको मृत्यु



काठमाडौं : अध्ययनका लागि अस्ट्रेलिया गएकी एक नेपालीको अस्ट्रेलियामा मृत्यु भएको छ ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो ।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको र उनको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थ्ति अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्