जापानको ‘नेकेड फेस्टिभल’ जहाँ मान्छेहरु कपडा नलगाई दौडिन्छन्



एजेन्सी : जापानको होन्शू आइल्याण्डमा हरेक वर्ष ‘नेकेड फेस्टिभल’ आयोजना हुन्छ । उक्त फेस्टिभलमा मानिसहरु कपडाविना सहभागी हुन्छन् ।

हरेक वर्ष आयोजना हुने उक्त फेस्टिभललाई हड्का मत्सुरी भनिन्छ । यसमा एकदमै चिसो पानीमा नुहाउँदा पवित्र हुने मान्यता रहेको छ । यस वर्ष पनि यो पर्व मनाइएको छ । कोरोना भाइरसको कारण यो वर्ष सावधानी अपनाइएको भएपनि पर्वमा मानिसको उत्साह र सहभागीता भने कम भएको छैन ।

हरेक वर्ष फेब्रअरीको तेस्रो शनिवार साइदाइजी कन्नोनिन मन्दिरमा यो पर्वको आयोजना गर्ने गरिन्छ । जसमा पुरुषहरु सेतो भित्रि बस्त्र मात्र लगाएर उपस्थित हुने गर्छन् । यो कार्यक्रमको उद्देश्य युवाहरुमा कृषिसम्बन्धी जागरुकता पैदा गराउनु हो ।

यो पर्वमा जापानको दक्षिणी क्षेत्र होन्शु आइल्याण्डमा महिलाहरुले परम्परागत नृत्य गर्ने गर्छन् । चिसो पानीमा नुहाएपछि मात्रै मन्दिरमा प्रवेश पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्