सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश


काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका छन् ।

उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने जानकारी दिए । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक, २०७६’ पेश गरे ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गरे ।

बैठकले २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति समेत रहेका उनको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो । प्रतिनिधिसभाको आगामी बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका